नेकपाको स्थायी कमिटी बैठक स्थगित गरेर ओली–प्रचण्ड वार्तामा



१८ असार, काठमाडौं ।
सत्तारुढ नेकपाको जारी स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित भएको छ । बैठक स्थगित गरेर पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच वार्ताको तयारी भइरहेको छ । नेकपा स्थायी कमिटीका सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग अघि सारेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ ।

आन्तरिक विवाद चुलिदै जादा प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद्को बैठक बोलाएर संसद अधिवेशन स्थगित गर्न सिफारिस गरिसक्नुभएको छ । ओली र प्रचण्ड पक्षका नेताहरुले दुवै जना अध्यक्ष बसेर वार्ता मार्फत जारी विवाद समाधान गर्न आग्रह गरे अनुसार अहिले वालुवाटारमा दुई अध्यक्षबीच वार्ता हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्