ओली–प्रचण्डबीच वालुवाटारमा निर्णायक वार्ता सुरु



१९ असार, काठमाडौं ।
आन्तरिक विवादको कारण पार्टी दुर्घटनाको संघारमा पुगेको बेला सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच निर्णायक वार्ता सुरु भएको छ । पार्टी एकता नै संकटामा पर्ने जोखिम बढेपछि विहिवार बसेको स्थायी कमिटीले दुई अध्यक्षद्धलाई जारी संकटको समाधान गर्न वार्ता गर्न आग्रह गरेको थियो । सोही अनुरुप प्रधानमन्त्री निवास वालुवाटारमा अध्यक्षद्धय ओली र प्रचण्डबीच निर्णायक वार्ता सुरु भएको छ । वार्तामा दुई अध्यक्षसँगै महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा सहभागी रहेका छन् ।

गत वैशाखमा सरकारले दुई अध्यादेश ल्याएपछि नेकपामा बढेको विवाद साम्य नहुँदै बिहीबार फेरि सरकारले पार्टीमा कुनै छलफल नै नगरी संसद अधिवेसन अन्त्य गर्ने निर्णय गरेपछि विवाद थप उचाइमा पुगेको थियो । स्थायी समिति बैठक जारी रहेका बेला र बिहानसम्म संसद अधिवेशन अनत्य नगर्ने बताएका ओलीले बैठकमा सहभागी नै नभइ संसद अधिवेसन अन्त्यको निर्णय गरेपछि प्रचण्ड नेपाल समुहका नेताहरु थप चिढिन पुगेका छन् । आजको वार्तालाई निकै चासो र चिन्ताको साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्