पार्टी एकतालाई जसरी पनि बचाउनु पर्छः नेता श्रेष्ठ



२१ असार, काठमाडौं ।
रामेछापका प्रतिनिधिसभा सांसद एवं रामेछाप जिल्लाका सह–इन्चार्ज श्याम कुमार श्रेष्ठले पार्टी एकतालाई जसरी पनि बचाउनु पर्ने बताउनुभएको छ । पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला नेता श्रेष्ठले पार्टी एकतालाई कायमै राखेर मात्र समृद्धि सम्भव हुने बताउनुभएको हो ।
उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘पार्टीलाई विधि र पद्धतीमा चलाउनु पर्छ, विगतमा पार्टी एकताको क्रममा भएको सहमतिलाई कार्यान्वयन गरेर अगाडि बढनुको विकल्प छैन ।’
एकताका आधारमा पार्टीले प्राप्त गरेको जनमत जोगाउने र जनताले दिएको जिम्मेवारी स्मरण गर्नुपर्नेमा जोड दिदै नेता श्रेष्ठले अहिलेको चुनौतीको सामना नेकपाले मात्र गर्न सक्ने बताउनुभयो ।
‘पार्टी एकतालाई सुदृढ बनाउन र सबैले गम्भीर आत्मसमीक्षा गर्न जरुरी छ, कसैलाई अपमान गर्नुहुन्न, पार्टीमा सबैको सम्मान हुनुपर्छ’, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्