विदेशबाट आएका रामेछापका एक पुरुषलाई कोरोना पुष्टि



२१ असार, काठमाडौं ।
रामेछाप जिल्लामा थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । वैदेशिक रोजगारीबाट आएर हाल काठमाडौंमा क्वारेन्टाइनमा बसिरहेका एक पुरुषलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धुलिखेल अस्पतामा गरिएको परीक्षणमा विदेशबाट आएका रामेछापका एक पुरुषलाई कोरोना संक्रमण भएको पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दुइ सय ९४ कोरोना सङक्रमित थपिएसँगै संक्रमितको संख्या १५ हजार सात सय ८४ पुगेको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले रामेछाप स्थायी घर भई विदेशबाट आएका एक व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी प्राप्त गरेको बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर संक्रमितको ठेगाना पहिचान गर्ने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्