सिन्धुपाल्चोकमा बाढीः २ जनाको मृत्यु २० जना वेपत्ता उद्धार जारी (फोटोफिचर)



२५ असार, काठमाडौं ।

सिन्धुपाल्चोकमा अत्यधिक वर्षापछि आएको बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् । बाढीका कारण २० भन्दा बढी घर बगाएको छ, ठाउँठाउँमा अरनिको राजमार्ग कटानका कारण अवरुद्ध भएको छ, आधा दर्जन जति सवारी साधनमा बाढीले क्षति पुर्‍याएको छ ।

स्थानीय जम्बु खोलामा बाढी आउँदा बाह्रबिसे नगरपालिका–५ का २० वर्षका निकेश बस्नेत र उनकी डेढ वर्षकी छोरी निउना बस्नेतको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । गम्भीर घाइते भएकी निकेशकी पत्नी सविना बस्नेतलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको छ।

जम्बु खोलाको बाढीले बाह्रबिसे नगरपालिका– ५ मा र बुलुकुटे ठाडो खोलाले भोटेकोशी गाउँपालिका–५ मा बढी क्षति पुगेको छ । बाह्रबिसे–५ जम्बु बजारमा १६ जना र भोटेकोशी गाउँपालिकामा ४ जना बेपत्ता भएका छन् । यसैबीच बाढी गएको स्थ्लमा सभामुख अग्नी सापकोटाले स्थलगत अवलोकन गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्