रामेछाप जिल्लाभित्र पनि अब सार्वजनिक सवारी साधन चल्न पाउने



२५ असार, रामेछाप ।

सरकारले सम्बन्धित जिल्लाभित्र चल्न पाउने गरी यात्रुवाहक सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । यो निर्णय गरेसँगै रामेछाप जिल्लाभित्र पनि सार्वजनिक यातायात सञ्चालन गर्न पाउने भएका छन् । लकडाउन भएको तीन महिनापछि जिल्लाभित्र अब सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाइने भएको हो ।

मन्त्रिपरिषदका बैठकका निर्णयको बारेमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले स्वास्थ्य मापदण्ड पूरा गरी जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको बताउनुभयो ।
अहिलेका लागि अन्तरजिल्ला सवारी साधन चलाउन पाइने छैन। तर काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा सवारी एकअर्का जिल्लामा जान सक्छन्। खतिवडाका अनुसार काठमाडौं उपत्यकाभित्र भने भोलीबाट सार्वजनिक यातायात चल्न पाउने छन् ।

कहिलेबाट सञ्चालन हुने भन्न विषयमा मन्त्रिपरिषद्को निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय रामेछापले सार्वजनिक सवारी सञ्चालन गर्न दिने मिति तय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्