सुनकोसीमा बाढीः रामेछाप–सिन्धुली जोडने खैरेनीघाट पुलसम्म जाने सडक बगायो (फाेटाेफिचर)



२६ असार, रामेछाप ।
अविरल बर्षासँगै सुनकोसी नदीको बहाप बढेको छ । सुनकोसी नदीमा आएको बाढीको कारण रामेछाप–सिन्धुली जोडने खैरेनीघाटमा बाटो बगाएको छ । सिन्धुलीतर्फ बिपी राजमार्गदेखि पुलको मुखसम्म जोडने सडक बाढीले बगाउदा रामेछाप आउने यातायात सिन्धुलीतर्फ रोखिएका छन् भने रामेछापबाट काठमाडौं जाने यातायात सित्खा हुँदै जाने गरेको छ ।

दस बर्ष अघि निर्माण सुरु भएको पुल करिब एक बर्ष अघि मात्र सञ्चालनमा आएको थियो । पुल सञ्चालनमा आएपछि स्थायी सडक निर्माण नहुँदा सुनकोसी नदी किनाराबाट यातायात सञ्चालन हुँदै आएको थियो ।

पुल सञ्चालनमा आएपछि खुसी भएका रामेछापवासीले आधा किलोमिटर सडक निर्माण नहुँदा थप सास्ती खेप्दै आएका छन् । सुनापतीका स्थानीय राज मैनालीले बाढीको कारण कुशेश्वर महादेवथानबाट सुनकोसी नदीको किनारा हुँदा पुलसम्म जाने करिब दुई सय मिटर सडकमा सुनकोसी नदीले डुबाउदा यातायात सेवा अवरुद्ध भएको रामेछाप न्युजलाई बताउनुभयो ।

सिन्धुलीको सुनकोसी गाउँपालिकाले सडकको स्थायी संरचना निर्माण गर्ने बताए पनि काम अगाडि बढन सकेको छैन् । बिपी राजमार्गबाट पुलसम्म जाने सडक पुल निर्माण अगाडि नै तय नहुँदा अहिले अस्थायी रुपमा नदी किनाराबाट सञ्चालन हुँदै आएको छ । रामेछापको खाँडादेवी गाउँपालिका, सुनापती गाउँपालिका र दोरम्बा गाउँपालिकाका बासिन्दाले उपभोग गर्ने खैरेनीघाटको दुई सय मिटर सडक निर्माण नहुँदा रामेछापवासीले बर्षाको समयमा ठूलो सास्ती खेप्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्