रामेछापमा भारतबाट मात्र २ सय ७२ जना जिल्ला फर्किए



२६ असार, रामेछाप ।
लकडाउन सुरु भएको चार महिनाको अवधिमा मात्र भारतबाट २ सय ७२ जना नागरिकहरु जिल्ला फर्किएका छन् । भारतबाट स्वदेश फर्किएका नागरिहरुलाई सम्बन्धित स्थानीय तहले व्यवस्थापन गरेका छन् । जिल्ला फर्किएका मध्ये २२ जनालाई भने कोरोना संक्रमण पुष्टि भएको थियो । वीस जना स्वास्थ्य भएर घर फर्किएका छन भने बाँकी तीन जना लिखु तामाकोसी गाउँपालिकाल व्यवस्थापन गरेको आइसोलेनमा रहेका छन् ।

रामेछापका प्रमुख जिल्ला अधिकार रुद्रदेवी शर्माले लकडाउन सुरु भएयता हालसम्म भारतबाट मात्र २ सय ७५ जना नागरिकहरु भारतबाट जिल्ल फर्किएको रामेछाप न्युजलाई जानकारी दिनुभयो । भारतबाट आएका नागरिकहरुलाई स्थानीय तहले अनिवार्य रुपमा क्वारेन्टाइनमा राखेर पिसिआर परीक्षण गराएर मात्र घर पठाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्