जिल्ला अस्पताल रामेछापमा थप ५० वेडको आइसोलेसन बनाउने निर्णय



२६ असार, रामेछाप ।
रामेछाप जिल्लाभित्र कोरोना भाइरसको सम्भावित संक्रमितलाई राख्न जिल्ला अस्पताल रामेछापमा थप ४० वेडको आइसोलेसन थप्ने निर्णय भएको छ । संक्रमितको संख्या बढेको अवस्थामा राख्नको लागि आइसोलेसन वेड थप्ने निर्णय भएको हो ।

रामेछापका प्रमुख जिल्ला अधिकारीको अध्यक्षमा बसेको जिल्ला स्तरीय क्राइसिस मेनेजमेन्ट सेन्टरको बैठकले जिल्ला अस्पतालमा आइसोलेसन वेडको संख्या बढाउने पहल गर्ने निर्णय गरेको छ । प्रदेश सरकारबाट कम्तिममा १० प्रतिशत वेड महिलालाई सुरक्षित गर्ने गरी पचास वेडको आइसोलेसन वार्ड जिल्ला अस्पतालभित्र निर्माण गर्ने भएकाले त्यसको लागत अनुमान तयारी गरी बजेट र जनशक्ति व्यवस्थापनको लागि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

हाल जिल्ला अस्पताल रामेछापमा १८ वटा आइसोलेशन वेड रहेको अस्पतालका अध्यक्ष रोशन पाख्रिनले जानकारी दिनुभयो । उहाँले बजेटको लागि पहल भइरहेको र बजेट प्राप्त हुनसाथ पूर्वाधार निर्माणको काम अगाडि बढाएर आइसोलेसन वेड तयार गर्ने बताउनुभयो । बागमती प्रदेश सरकारले हाल दस वेड मात्र रहेको जिल्ला अस्पताललाई स्तरउन्नती गर्दै २५ वेडको बनाउने घोषणा गरेको छ । थप ५० वेड थपेसँगै अस्पतालमा ८६ वटा आइसोलेशन बेड हुनेछ ।

प्रतिक्रिया दिनुहोस्