प्लक जोडन खोज्दा रामेछापमा करेन्ट लागेर एक जनाको मृत्यु



२६ असार, रामेछाप ।
रामेछापको मन्थली नगरपालिकाको मदनआश्रित चोक नजिकै एक व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ । मन्थली नगरपालिका–५ सुनारपानीका ३० वर्षिय मुरारी खड्काको करेन्ट लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले बिजुलीको प्लग जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार चिसो भुँईमा टेकी प्लग जोड्ने क्रममा करेन्ट लागेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्