नेपालमा कोरोना संक्रमितको संख्या घटदै, ८ हजार संक्रमित निकाे भए



२६ असार, काठमाडौं ।
नेपालमा केही दिनयता कोरोना संक्रमितको संख्या घटदै गएको छ । पछिल्लो २४ घण्टामा १ सय १८ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा ४ हजार ८ सय १० जनाको पिसिआर परीक्षण गर्दा १ सय १८ जनामा संक्रमण पुष्टि भएको बताउनुभयो ।

बिहीबारसम्म कोरोनाका १६ हजार ५ सय ३१ संक्रमित थिए। यो संख्या बढेर शुक्रबार १६ हजार ६ सय ४९ पुगेको हो। पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन्। अहिलेसम्म ८ हजार ११ संक्रमित निको भएका छन्। हालसम्म कोरोनाको कारण ३५ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्