सुनापती गाउँपालिकाद्धारा ४८ करोड ५६ लाखको बजेट पारित



२७ असार, रामेछाप ।
सुनापती गाउँपालिकाले आर्थिक बर्ष २०७७ ७८को लागि ४८ करोड ५६ लाखको बजेट पारित गरेको छ । कुल प्रस्तावित आय रकममा समानीकरण अनुदानतर्फ १२ करोड ३३ लाख ६३ हजार सशर्त अनुदानतर्फ १९ करोड ३८ लाख ६९ हजार राजस्व बाँडफाँड संघतर्फ ६ करोड ६ लाख सामाजिक सुरक्षातर्फ ७ करोड सवारी साधन कर बाँडफाडबाट १ करोड ७० लाख ३९ हजार रहेको छ ।

त्यसैगरी आन्तरिक आयतर्फ ३० लाख, श्रोत बाँडफाड २ लाख ५० हजार स्थानीय र प्रदेश पूर्वाधार बिकास साझेदारी कार्यक्रमतर्फ १ करोड बाँकी मौज्दात ७५ लाख हुने प्रक्षेपण गरेको छ ।
सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले बजेट कार्यान्वयनलाई प्रभावकारी रुपमा अगाडि बढाइने बताउनुभयो । उहाँले लक्ष्य अनुसार राजश्व उठाउन नसकिएको बताउदै पूर्वाधार र कृषि क्षेत्रलाई बजेटले प्राथमिता दिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्