थप ७० जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १६ हजार ७१९ पुगे



२६ असार, काठमाडौं ।
शनिबार कोरोनाभाइरसका ७० जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ७० जना थपिएसँगै नेपालमा
कोरोना संक्रमित संख्या १६ हजार सात सय १९ पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार क्वारेन्टाइनमा २४ हजार ९७ जना छन्। आठ हजार २ सय ३९ आइसोलेसनमा रहेको बताउदै उहाँले शनिबार चार सय ३१ जना कोरोना निको भएर घर फर्किएको जानकारी दिनुभयो । अहिलेसम्म कोरोना निको हुनेको संख्या आठ हजार चार सय ४२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्