दोरम्बा गाउँपालिकामा ४ करोडको आलु उत्पादन



तस्वीर : दावा सङ्बु शेर्पा

२८ असार, रामेछाप ।
यस बर्ष दोरम्बा गाउँपालिकाभित्र ४ करोडको आलु उत्पादन हुने अनुमान गरिएको छ । गाउँपालिकाभित्र आलु उत्पादन राम्रो भएकाले यस बर्ष ४ करोडको आलु निर्यात हुने बताएको हो ।
दोरम्बा गाउँपालिकाका अध्यक्ष कमासिंह मोक्तानले गाउँपालिकाबाट ४ करोडको आलु निर्यात हुने आकलन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘सडकको पहुँच सबै वडामा पुगेकाले आलु विक्रिवितरण गर्न कुनै समस्या छैन ।’

गाउँपालिकाले बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिने बताए पनि आर्थिक बर्ष २०७७।०७८ मा ३४ करोड विकास बजेटमा एक करोड ५० लाख मात्र बजेट विनियोजन गरेको छ । आलु जोनको रुपमा विकास गर्ने पर्याप्त सम्भावना भएर पनि गाउँपालिकाले पकेट क्षेत्रको रुपमा विकास गर्ने अवधारणा अगाडि सार्न सकेको छैन् ।
गाउँपालिकाको दोरम्बा, गौश्वरा, डडुवा टोकरपुर लगायतको वडामा राम्रो आलु उत्पादन हुने गरेको छ । गाउँपालिकाले प्रचार प्रसार गर्न नसक्दा दोरम्बामा उत्पादन हुने आलु मुडेको आलु भन्दै काठमाडौं उपत्यकामा विक्रिवितरण हुने गरेको छ ।

हाल दोरम्बा गाउँपालिकाभित्र उत्पादन हुने आलु रामेछापको सदरमुकाम मन्थली, काभ्रेको बनेपा सहित काठमाडौमा विक्रिवितरण हुने गरेको छ । दोरम्बा गाउँपालिकाभित्र उत्पादन हुने आलु स्वादिष्ट हुने भएकाले मन मराउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्