बागमती प्रदेश सरकारको निर्णयः विपदमा ज्यान गुमाएका परिवारलाई तत्काल एक लाख राहत



२८ असार, हेटौडा ।
बागमती प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेशभित्र बाढी पहिरोसहित विपदमा ज्यान गुमाएकाको परिवारलाई एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
वागमती प्रदेशको आइतवार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशका विभिन्न जिल्लाहरुमा बाढी पहिरोमा परी ज्यान गुमाउनेहरुको परिवारलाई प्रति परिवार एक लाख रुपैयाँ राहतस्वरुप उपलब्ध गराउने निर्णय गरेको हो ।

बागमती प्रदेशका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले अविरल बर्षाका कारण आएको बाढी पहिरोमा परी बागमती प्रदेशमा ज्यान गुमाउने अहिलेसम्मका २५ जनाको परिवारलाई राहत रकम तुरुन्तै उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो । उहाँले आपत विपदमा परेका परिवारलाई तत्कााल एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको बताउदै सम्भावित जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्तान्तरण गर्ने कार्यलाई पनि अगाडि बढाउन आग्रह गरिएको बताउनुभयो ।

घाइते भएका व्यक्तिहरुलाई उपचारको व्यवस्था मिलाउने र वेपत्ता भएकाहरुको खोजी कार्य गरी उद्दार गर्न सम्बन्धित जिल्लाका विपद् व्यवस्थापन समन्वय समितिहरुलाई सक्रिय बताउने बताउदै मन्त्री ढुंगेले त्यसको लागि आवश्यक व्यवस्थापनको काममा प्रदेश सरकारले सहयोग गर्ने निर्णय भएको बताउनुभयो ।
विपद् व्यवस्थापन समन्वय समितिलाई सक्रिय तुल्याउन प्रदेश सरकारले आवश्यक स्रोत साधनको व्यवस्था गर्ने बताउदै प्रवक्ता ढुंगेलले साउन २ गते बस्ने भनिएको बागमती प्रदेश सभामा प्रदेश आर्थिक कार्यविधि ऐन २०७७ को पहिलो संशोधन र वातावरण अध्यादेश प्रदेश सभामा पेश गर्ने निर्णय भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्