सुनापती गाउँपालिकाले एम्बुलेन्स र शव बहान खरिद गर्ने



३० असार, रामेछाप ।
सुनापती गाउँपालिकाले एम्बुलेन्स र शव बहान खरिद गर्ने भएको छ । स्थानीय सरकार गठन भएको चार बर्ष वितिसक्दा समेत गाउँपालिकाले एम्बुलेन्स खरिद नगरेको भन्दै नागरिकहरुबाट आलोचना भएपछि गाउँपालिकाले एम्बुलेन्स र शव बहान खरिद गर्न बजेट विनियोजन गरेको हो ।
एम्बुलेन्स नहुँदा गाउँपालिकाबाट राजधानी काठमाडौं र धुलिखेल अस्पतालमा बिरामी लैजान नागरिकहरुले निकै सास्ती खेप्दै आएका छन् । गाउँपालिकाकै एम्बुलेन्स नहुँदा टाटासुमो लगायतका सवारीले महंगो भाडा लिने गरेका छन् ।

सुनापती गाउँपालिकाका उपाध्यक्ष गिता विष्टले एम्बुलेन्स र शव बहान खरिद गर्नको लागि गाउँपालिकाले २५ लाख रुपैयाँ विनियोजन गरेको बताउनुभयो । उहाँले  रामेछाप न्युजसँग भन्नुभयो,‘अत्यावश्कीय सेवा भएकाले एम्बुलेन्स र शव वहान खरिद गर्ने बजेट छुटयाएका छौं ।’

गाउँपालिकाभित्र केही एम्बुलेन्स भएपनि शव बहान नहुँदा कुनै पनि दुर्घटनामा ज्यान गुमाएका परिवारहरुले निकै सास्ती खेप्दै आएका  छन । कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि पनि सम्भावित संक्रमितलाई अस्पताल लैजानु पर्ने भएका कारण गाउँपालिकाले एम्बुलेन्स र शव बहान खरिद गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्