रामेछापमा चितुवाको आक्रमणबाट तीन जना घाइते



३१ असार, रामेछाप ।
रामेछाप नगरपालिकामा चितवानको आक्रमणबाट तीन जना घाइते भएका छन् । जंगलमा दाउरा खोज्ने जाने क्रममा रामेछाप नगरपालिका डुम्रीखर्कमा चितुवाले आक्रमण गर्दा एकै घरमा तीन जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार घाइते हुनेहरुमा २५ बर्षिय अनिता सुबेदी, उनका २७ वर्षिय दाजु बद्री सुबेदी र ५२ वर्षिय काका कृष्ण सुबेदी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता टेकेन्द्र पौडेलले घाइते तीन जना अस्पतालमा उपचार पश्चात घर फर्किएको रामेछाप न्युजलाई जानकारी दिनुभयो । प्रवक्ता पौडेलले चितुवाले आक्रमण गर्न सक्ने भन्दै स्थानीयलाई जंगलमा नजान आग्रह गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्