रामेछाप जिल्ला तत्कालका लागि कोराना मुक्त



१ साउन, रामेछाप ।
रामेछाप जिल्लामा २३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जिल्लामा २३ जना कोरोना संक्रमित पुष्टि भएकोमा २३ जनास्वास्थ्य भएर घर फर्किएका हुन् । तीन जना कोरोना संक्रमितको भने ललितपुरको पाटन अस्पतालकाे आइसोलेशनमा उपचार भइरहेको छ । जिल्लाको गोकुलगंगा गाउँपालिकाका ११ जना, लिखु तामाकोसी गाउँपालिकाका १० र मन्थली नगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जिल्ला कोरोना मुक्त हुने क्रमममा रहेको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘रामेछाप जिल्लामा अहिले कोही पनि कोरोना संक्रमित छैनन्, जिल्लाकै तीन जनाको काठमाडौंमा उपचार भइरहेको छ, संक्रमित तीन जनाको पनि अवस्था सामान्य रहेको जानकारी पाएका छौ ।’ उहाँका अनुसार जिल्लामा हालसम्म ५ सय ८ जनाको पिसीआर परीक्षण गरेको छ ।

जिल्ला अस्पताल रामेछापका डा. आनन्द आचार्यले तत्कालको लागि जिल्लामा कोरोना मुक्त भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘२३ जना संक्रमितमा मध्ये सबै निको भएर घर फर्किनुभएको छ,  आशा गरौ, अब कोरोना संक्रमितको संख्या नबढोस ।’

प्रतिक्रिया दिनुहोस्