रामेछापमा आजबाट राष्ट्रिय परिचयपत्र विवरण संकलन सुरु



१ साउन, रामेछाप ।
रामेछाप जिल्लामा आजबाट राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलनको काम सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले आयोजना गरेको एक कार्यक्रमकोबीच राष्ट्रिय परिचयपत्र लागि विवरण संकलनको काम सुरु भएका हो ।

रामेछापका प प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले राष्ट्रिय परिचय पत्रका लागि बिबरण संकलनको काम सुरु भएकाले विवरण संकलन गराउनुहुन जिल्लावासीलाई आग्रह गर्नुभएको छ । उहाँले बहुउपयोगी प्रमाणपत्रका रुपमा लिइएको यस परिचय पत्र भएपछि अन्य सरकारी परिचयपत्रहरु साथमा राख्नुपर्ने झन्झट नहुने बताउनुभयो ।

परिचयपत्रका लागि विबरण भर्न सम्बन्धित व्यक्ति स्वयंम आफ्नो सक्कलै नागरिकता र संम्भव भएसम्म बुवा आमाको पनि सक्कलै नागरिकता लिएर आउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । आजबाट विवरण संकलन सुरु भएपनि परिचपयपत्रभने फागुन देखि मात्र वितरण गरिनेछ ।
सरकारले २०७५ सालमा पाँचथर जिल्लाबाट सुरु गरेको राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलनको काम आजबाट रामेछाप जिल्लामा पनि सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्