बागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुबीच कार्य सम्पादन सम्झौता



१ साउन, हेटौडा ।
सरकारको कामलाई थप प्रभावकारी बनाउने उदेश्यले बागमती प्रदेशमा मुख्यमन्त्री र मन्त्रीहरुबीच कार्य सम्पादन सम्झौता भएको छ । प्रदेश सरकार गठन भएको २९ महिनापछि मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रीहरुसँग कार्य सम्पादन सम्झौता गर्नुभएको हो ।

बिहीबारबाट नयाँ आर्थिक वर्ष ०७७र७८ सुरु भएसँगै यस आर्थिक बर्षमा तय गरिएका नीति तथा कार्यक्रम र बजेट पूर्ण कार्यान्वयनका लागि मुख्यमन्त्री र मन्त्रीहरूबीच कार्य सम्पादन सम्झौता गरिएको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बताउनुभयो । सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले तर्जुमा गरिएको नीति तथा कार्यक्रम, योजना र बजेट कार्यान्वयनसँगै तोकिएको समयभित्र तोकिएका कामहरू तीव्रताका साथ गर्ने गरी कार्य सम्पादन सम्झौता गरिएको उहाँले बताउनुभयो ।

सम्झौतापत्रमा मुख्यमन्त्री डोरमणि पौडेल, आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयाल र सामाजिक विकासमन्त्री युवराज दुलालले हस्ताक्षर गर्दै आदान–प्रदान गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्