राष्ट्रिय परिचयपत्रको लागि रामेछापमा १५ जनाको विवरण संकलन



१ साउन, रामेछाप ।
रामेछाप जिल्लामा आजबाट सुरु भएको राष्ट्रिय परिचयपत्रको लागि १५ जनाले विवरण संकलन गराएका छन् । रामेछापका जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का, नेपाली कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्की, नेकपाका नेता आनन्द श्रेष्ठ, प्रकाश कुमार कार्की लगायतले विवरण संकलन गराउनुभएको हो ।
जिल्ला प्रशासन कार्यालय रामेछापले जिसस प्रमुख खडकाले रामेछाप जिल्लामा पहिलो राष्ट्रिय परिचयपत्र पाउने हुनुभएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी आजबाट सुरु भएको विवरण संकलनको काम नियमित रुपमा सञ्चालन गरिने जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्