रामेछापको ८ वटै स्थानीय तहलाई कृषि पकेट क्षेत्र घोषणाः कुन स्थानीय तहमा के ?



३ साउन, काठमाडौं ।
कृषि क्षेत्रलााई आत्मनिर्भर बनाउन रामेछापको आठ वटै स्थानीय तहलाई कृषि पकेट क्षेत्र घोषणा गरिएको छ । बागमती प्रदेश सरकारले प्रदेशभित्रका १ सय १९ वटै स्थानीय तहको पहिचान गरेर कृषि पकेट क्षेत्र घोषणा गरेको हो ।

बागमती प्रदेशका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेशभित्रका सबै स्थानीय तहको अध्ययन एवं पहिचान गरेर पकेट क्षेत्रको रुपमा विकास गरिने बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘बागमी प्रदेशको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न फरक–फरक भूगोल अनुसार कृषि क्षेत्रको पकेट क्षेत्र घोषणा गरेका छौं ।’

बागामी प्रदेश सरकारले सुनापती गाउँपालिकालाई चिया, दोरम्बा गाउँपालिकालाई आलु, खाँडादेवी गाउँपालिकालाई मकै, मन्थली नगरपालिकालाई धान, रामेछाप नगरपालिकालाई जुनार र सुन्तला, लिखु तामाकोसी गाउँपालिकालाई मकै, गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिकालाई आलु पकेट क्षेत्रको रुपमा घोषणा गरेको छ ।
बागमती प्रदेश सरकारले एक स्थानीय तह एक कृषि कार्यक्रम अन्तर्गत हरेक रामेछापको एक स्थानीय तहलाई २५ लाखको दरले बजेट उपलब्ध गराउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्