रामेछापमा रासम युवा समुहकाे ऐतिहासिक काम (फोटोफिचर)



४ साउन, रामेछाप ।
एक थुकी सुकी सयौले थुकी नदी भनेझै रामेछापका सहयोगी मनहरु समुहको सक्रियतामा रामेछाप जिल्लामा ऐतिहासिक काम भएको छ । भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरेर नयाँ नक्सा जारी गरेसँगै पहिलो पटक ढुंगामा कुदेको नयाँ नक्सा रामेछाप जिल्लामा स्थापना भएको छ । रामेछाप नगरपालिका–८ बावियाखर्कको विटार पार्कमा ढुंगामा कुदिएको नयाँ नक्सा स्थापना भएको हो । रासम समुहले नेपालको नयाँ नक्साको पहिलो प्रतिमा आफूहरुले स्थापना गरेको दावी गरेका छ ।

गत चैत्र ११ गतेबाट सरकारले लकडाउनको घोषणा गरेसँगै सबै आ–आफ्नो घरमा बसे । तर रामेछापका केही युवाहरु भने विटारमा रहेको सुख्खा पार्कलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे । सुरुमा लकडाउनमा अलपत्र परेका रामेछापका नागरिकहरुलाई सहयोग गर्ने उदेश्यको साथ रामेछापका ११ युवा सहभागी भएर रामेछापका सहयोगी मनहरु भन्ने समुह गठन भएको थियो । उक्त समुहयले करिब २० घरपरिवारलाई खाद्यन्न सामाग्री पनि वितरण गर्यो । लकडाउन लम्बिदै जादा युवाहरुको आँखा विटारको चौरमा पर्यो । युवाहरुले अठोट गरे–विटारलाई रामेछाप जिल्लाकै पर्यटकीय गन्तव्यस्थलको पार्कको रुपमा विकास गर्ने ।

विटार पार्कको यसअघि कुनै योजना बनेको थिएन । तर युवाहरुले विटार पार्कको दिर्घकालिन योजना मात्र कारेनन, पार्कलाई आकर्षक र ऐतिहासिक बनाउन रातदिन उत्तिकै मेहनत पनि गरे । वन कार्यालयको दुई एक बर्ष अगाडि केही लगानी गरेर पानीको फोहोराको लागि ट्याङकी र तीन वटा चौतारा निर्माण गरेपनि अलपत्र परेको योजना रासम समुहको पहलमा साकार भएको छ ।

विटारमा सम्म परेको चौरलाई मन्थली–रामेछाप जोडन सडकले दुई क्षेत्रमा विभाजन गरेको छ । बावियाखर्क समुदायिक वन अन्तर्गत करिब १५ रोपनी क्षेत्रफलमा रहेको विटारलाई युवाहरुकै सक्रियतामा केही सातामै आकर्षक र जानै पर्ने गन्तव्यमा विकास गर्न सफल भएका छन् ।
रासमका संक्रिय युवाहरुले पार्क भित्रका रुखहरुलाई संरक्षण गर्दे सबै रुखको फेदमा रङरोगन गरेर चिटिकक्क बनाएका छन् । पार्कको महत्व झल्काउन वीर गोर्खालीको सानको रुपमा पहिचान बनाएको खुकुरी राखिएको छ । जुन काम युवाहरुको सोचबाट विकास भएको हो । नेपालको नयाँ नक्सलाई ढुंगामा कुदेर पार्कमा प्रतिस्थापन गरेपछि पार्कको सुन्दरतासँगै ऐतिहासिक पक्ष पनि झल्काएको छ ।

बिटार पार्क संरक्षण समितिको अध्यक्ष सुनिल रायमाझी छोटो समयमा पनि रासम समुहले जिल्लामा राम्रो काम गरेर देखाउन सफल भएको बताए । उलने रामेछाप न्युजसँग भने,‘लकडानको कारण आपतविपतमा परेकाहरुलाई सहयोग गर्न रासम समुह गठन गरेका थियो, उद्यपी यो समुह औचापरिक रुपमा दर्ता गरेका भएको छैन, हामी ११ जना समान हैसियतमा छौं ।’ सबैको मेहनत साथ र सहयोगको कारण जिल्लामा ऐतिहासिक सन्दर्भ झल्किने काम गर्न सकेकोमा खुसी लागेको बताउदै उनले पार्कको विकासको लागि लागि परेको बताउछन ।

युवाहरुले गरेको उदाहरणीय कामबाट प्रभावित भएर रामेछाप नगरपालिकाले पार्कको संरक्षणको लागि तारवार गर्ने र मुल ढोका हाल्नको लागि चार लाख रुपैयाँ बजेट उपलब्ध गराएको रायमाझीले बताए ।
पार्कमा ऐतिहासिक सन्दर्भ झल्काउने नेपालको नयाँ नक्सा, वीरताको चिनो खुकुरीसँगै रामेछापको आठ वटै स्थानीय तहको नाम समावेश गरिएको नक्सा मुल गेटमा राखिएको छ । पार्क संरक्षण समितिका अध्यक्ष रायमाझीले पार्कलाई जिल्लाको नमुना र साझा पार्कको रुपमा विकास गर्न मुख्य उदेश्यका साथ काम अगाडि बढाएको बताए ।

उनले भने‘सडकको कारण दुई भागमा विभाजि भएको पार्कलाई जोडन पुल निर्माण गरेर जोडने योजना बनाएका छौ’ हामी जिल्लाकै प्रमुख गन्तव्यको रुपमा विकास गर्ने सोचमा छौं ।’ सदरमुकाम मन्थलीबाट ३ किलो मिटर टाढाको दुरीमा रहेको विटार पार्कको निर्माण गर्न रामेछाप र मन्थली नगरपालिकाले साझा अवधारणा बनाउन पनि स्थानीयले माग गरेका छन् ।

पार्कलाई आर्कषक र ऐतिहासिक बनाउन युवा कलाकार देखाएको कलात्मक सीपको निकै प्रशसां भएको छ । भुवन थापा, रुद्र श्रेष्ठ रजयराम मानन्धर कलाकारहरुले जिल्लालाई चिनाउन निकै मेहनत गरेका छन् । संरक्षण समितिका अध्यक्ष रायमाझीले सगरमाथाको आकृति बनाउने काम अन्तिम चरणमा पुगेको छ । पार्कमा हाल १३ सय फिट तारबार गरिएको छ । बाँकी क्षेत्रमा पनि क्रमश तारबार गर्दै लैजाने योजना रासमले बनाएको छ ।

रासम समुहमा विपिन भट्टराई, विश्वास श्रेष्ठ, विकास श्रेष्ठ, भरत श्रेष्ठ, विजयी श्रेष्ठ, विनोद अधिकारी लगायतका ११ जना संक्रिय युवाहरु सहभागी रहेका छन् । अध्यक्ष रायमाझीका अनुसार पार्कभित्र भ्यु टावर निर्माण, सोलार बत्ती जडान गर्नुको साथै जिल्लाकै प्रमुख पिकनिक स्पोर्टको रुपमा विकास गर्ने योजना रहेको छ । उनले भने,‘पिकनिक आउने आगन्तुकहरुलाई भाँडाकुडा साउन्ड सिस्टम उपलब्ध गराउने र पार्कलाई थप वृक्ष रोपन गरेर हरियाली बनाउने काममा लाग्छौ ।’

प्रतिक्रिया दिनुहोस्