बुबाको निधनप्रति संमवेदना दिने सबैप्रति धन्यवाद दिन चाहन्छुः कुलमान घिसिङ



४ साउन, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्वर्गीय बुबाको निधनप्रति श्रद्धान्जली र संमवेदना दिने सबैप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ ।

उहाँले आफ्नो परिवारलाई संवेदना दिनुहुने ईष्टमित्र साथीभाई विशिष्ट व्यक्तिहरु, कर्मचारी सार्थीहरू पत्रकार लगायतका सबै महानुभावप्रति धन्यवाद ज्ञापन गर्नुभएको हो ।

कुलमान घिसिङका बुबा कृपासिंङ घिसिङको गत असार २१ गते राती ९८ बर्षको उमेरमा निधन भएको थियो । रामेछाप सुनापती गाउँपालिका–४ बेथानस्थित डहु निवासी कृपासिंह घिसिङ घिसिङ टोल सुधार समिति डहुको संरक्षक समेत रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्