रामेछापको नदी र खोलामा आज आकस्मिक वहाप बढने सम्भावना



५ साउन, रामेछाप ।
देशभर परेको अविरल बर्षासँगै रामेछाप जिल्लाभित्रको नदी र खोलामा आकास्मिक रुपमा बहाप बढने भएकाले सतर्क रहन सरकारले आग्रह गरेको छ । राष्ट्रिय विपद् जोखिम न्युकिरण तथा व्यवस्थापन प्राधिकरणले देशभरका बाढी तथा पहिरो आउने सम्भावना रहेकाले सचेत रहनु आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालय रामेछापले अविरल बर्षासँग जिल्लाभित्र नदी र खोलामा पानीको वहाप बढने सम्भावना रहकाले नदी किनारामा बसोबास गर्नेहरुलाई सचेत रहन आग्रह गरेको छ ।
रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अविरल बर्षासँगै जिल्लाभित्र बाढीपहिरोको जोखिम हुन सक्ने पूर्व अनुमान गर्दै जिल्लावासीलाई सचेत रहन आग्रह गरेको बताउनुभयो ।
अविरल बर्षासँगै जिल्लाभित्रको सुनकोसी, तामाकोसी नदीमा वहाप बढेको छ भने लिखु खोला, खिम्ती खोला, चौरी खोलामा पनि बहाप बढने क्रममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्