अझै पाँच दिनसम्म भारी बर्षा हुने



५ साउन, काठमाडौं ।

नेपालमा अझै पाँच दिनसम्म भारी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागकाले न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात जारी रहने बताएको हो ।

विभागका महानिर्देशक सरजकुमार वैद्यले पछिल्लो २४ घण्टामा मुलुकको अधिकांश स्थानमा एक सय मिलि लिटर वा सो भन्दा बढी पानी परिरहेको बताउनुभयो । उहाँका अनुसार न्यून चापी रेखा पश्चिमबाट पूर्वतिर सरेकाले केही दिन पूर्वपहाडी क्षेत्रमा अत्याधिक वर्षातको सम्भावना रहेको छ ।
त्यसैग्री विभागले बाढीपहिरोको सूचनालाई थप प्रभावकारी बनाउन अधिक वर्षात नरोकिएसम्म हरेक दिन मन्त्रालयमा मिडिया ब्रिफिङ गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्