चीनको च्छो ताल फुटने सम्भावनाः रामेछापकाे १५ बस्ती उच्च जोखिममा, सतर्क रहन आग्रह



६ साउन, रामेछाप ।
जिल्ला प्रशासन कार्यालय रामेछापले चीनको नालम नजिक रहेको केरुङ च्छो नामको पोखरी फुटन सम्भवना रहेकाले रामेछापको सुनकोसी र तामाकोसी आकस्मिक रुपमा नदीमा वहाप बढन सक्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको सूचना अनुसार अविरल बर्षासँगै ताल फुटन सक्ने सम्भावना रहेका जानकारी गराउदै जिप्रका रामेछापले सुनकोसी तथा तामाकोसी नदी किनाराका दर्जन भन्दा बढी बस्तीका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको हो ।
जिप्रका रामेछापले ताल फुटदा भोटनेकोसी नदीमा आकस्मिक रुप्मा पानीको वाहव बढदा तामाकोसी र सुनकोसी नदीमा पनि वहाव बढदा नदी किनाराका बस्तीमा जोखिम हुने पूर्व अनुमान गरेर सतर्क रहन आग्रह गरेका छ ।

जोखिममा रहेको ताल फुटेको अवस्थामा रामेछापको नवुघाट, विर्ताघाट, चुकियाघाट, हर्दिनीघाट, कोरमाना, नवलपुरघाट, तल्लो खैरेनीटार लुभुघाट, सिख्ता डप्खा, पुच्छीघाट, राकाथुमको बेलघारी नजिकको घरधुरी, सुनापती गाउँपालिकाको दोभनटार, सिन्धुरेटार च्याडीटार बस्ती जोखिमा पर्ने पूर्व अनूमान गरिएको छ ।

चीनको च्छो ताल ।

रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले तामाकोसी र सुनकोसी नदी आसपासका बस्ती उच्च जोखिममा रहेकाले ती क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन विशेष आग्रह गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘सम्भावित प्रभावित क्षेत्रका स्थानीय तहकासँग समन्वय गरिहेका छौ, सम्भावित जोखिमबाट बच्न पूर्व तयारी गर्न र नजिकैको सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाउन आग्रह गरेको छौं ।’
विपद् व्यवस्थापन समिति रामेछापका संयोजक समेत रहनुभएका प्रजिअ शर्माले सुरक्षाकर्मीलाई समेत तयारी अवस्थामा राखिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्