नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार नाघ्यो, मृत्यु हुनेकाे संख्या ४२ पुग्याे 



७ साउन, काठमाडौं ।

विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमण भएका दुई जनाको मृत्यु भएको र विभिन्न जिल्लामा थप १०० व्यक्तिमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ। यो वृद्धिसँगै देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १ हजार ९४ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट हालसम्म नेपालमा मृत्यु हुनेको संख्या ४२ पुगेको छ।

सङ्क्रमितहरूमध्ये १२,६८४ जना भाइरसमुक्त भएर घर फर्किएको मन्त्रालयको बताएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा २०७ जना निको भएर घर फर्किएको जानकारी दिनुभयो । उहाँले अहिले सङ्क्रमण भएका कुल ५,३७० मानिस देशभरि आइसोलेशनमा छन्।
आथ थपिएका मृतकमध्ये एक धनुषाका ६० वर्षीय पुरुष र अर्की पोखरामा एक वर्षदेखि व्यापार गरिरहेकी एक ४९ वर्षीया चिनियाँ महिला भएको मन्त्रालयले जनाएको छ।
धनुषाका ती व्यक्तिलाई खोकी, उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि धरानस्थित बीपी कोइराला स्वसास्थ्य विज्ञान प्रतिष्ठानमा गत साता साउन २ गते भर्ना गरिएको डा। गौतमले बताए। उनलाई सघन उपचार कक्षमा भेन्टिलेटरमरा राखी उपचार गर्दै गर्दा साउन ६ गते मृत्यु भएको थियो।
पोखरामा भएकी चिनियाँ नागरिकलाई मिर्गौला र मुटुसम्बन्धी समस्या देखिएपछि मणिपाल अस्पतालमा भर्ना गरिएको र थप उपचारका लागि साउन २ गते हेलिकप्टरबाट काठमाण्डूस्थित ग्रान्डी अस्पताल ल्याइएको जानकारी मन्त्रालयले दिएको छ। उपचारका क्रममा परीक्षण गर्दा उनमा कोभिड(१९ पुष्टि भएको थियो। थप उपचारका लागि उनलाई शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। तर उपचारका क्रममा उनको साउन ७ गते मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्