बागमती प्रदेशको ११९ वटै स्थानीय तहमा पुस्ताकालय स्थापना गछौंः मन्त्री ढुंगेल



९ साउन, काठमाडौं ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले पठन संस्कृतिको विकास गर्न प्रदेशभित्रका सबै स्थानीय तहमा पुस्तकालय स्थापना गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय जागरण ल्याउनको लागि पनि पुस्तकालयको स्थापना गर्नुपर्ने बताउदै उहाँले पुस्तकालय स्थापना गरेर पठन संस्कृतिको विकास गर्नुपर्ने बताउनुभएको हो ।
काठमाडौं उपत्यका सार्वजनिक पुस्ताकालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढुंगेलले प्रविधिको बढदो प्रयोगले किताब पढने संस्कार हराउदै गएको बताउनुभयो । प्रविधिको प्रयोगसँगै पुस्तालकालयमा ई–लाइब्रेरीको अवधारणालाई पनि एकसाथ जोडेर अगाडि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
‘पुस्तक पढदा छुट्दै प्रकारको आनन्दको अनुभूति हुन्छ, मैले पनि महाभारत दोहोर्याएर पढने गरेको छु, ऐतिहासिक पुस्तक र दर्शनको पुस्तक पढनाले अपठ्यारोमा निर्णय लिन मद्दत गर्छ’, मन्त्री ढुंगेलले भन्नुभयो,‘राष्ट्रिय/ अन्र्तराष्ट्रिय अवस्थाको बारेमा जानकारी राख्न पुस्तक बढनु नै बहुउपयोगी हुन्छ ।’
अहिले सबै स्थानीय तहमा खेलमैदान, क्लब घर अनिवार्य भएजस्तै एउटा स्थानीय तहमा एउटा पुस्तकालय स्थापना गर्नुपर्नेमा जोड दिदै उहाँले किताब पढनाले लेख्ने अभ्यासमा समेत सहज हुने बताउनुभयो । विश्वको प्रविधि शिक्षा विकास र चेतनाको बारेमा जानकारी लिन पठन संस्कृतिको आवश्यकता रहेको बताउदै मन्त्री ढुंगेलले नयाँ पुस्ताको लागि पढने वातावरण सृजना गर्न पुस्तकालयको स्थापना गर्नुको विकल्पन नभएको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद समेत रहनुभएका काठमाडौं उपत्यका सार्वजनिक पुस्तालकाका अध्यक्ष डा. नारायण खडकाले पुस्तालयको व्यवस्थापन र प्रबद्र्धन गर्न बागमती प्रदेशले २० लाख रुपैयाँ सहयोग गरेको भन्दै मन्त्री ढुंगेललाई धन्यवाद दिनुभयो । खड्काले आगामी दिनमा पनि प्रदेश सरकारबाट निरन्तर सहयोगको अपेक्षा गरेको बताउनुभयो । २००६ सालमा स्थापना भएको काठमाडौं उपत्यका सार्वजनिक पुस्तालका हाल भृकुटीमण्डमा व्यवस्थित रुपमा सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्