रामेछाप बजारमा सिसी क्यामेरा जडान गछौंः उपप्रमुख खड्का



१० साउन, रामेछाप ।
रामेछाप नगरपालिकाका नगर उपप्रमुख सृजना खड्काले नगरपालिकालाई थप सुरक्षित बनाउन सिसी क्यामेरा जडानको कामलाई अगाडि बढाउने बताउनुभएको छ । उहाँले नगर कार्यपालिकाको बैठकमा सिसी क्यामेरा जडानको विषयमा छलफल गरेर निर्णय गरिने बताउनुभएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापले जिल्लाका मुख्य बजार क्षेत्र र सीमा नाकामा सिसी क्यामेरा जडान गर्ने अवधारणा अगाडि सारेपछि खड्काले रामेछाप बजार र साँघुटार बजार क्षेत्रमा सिसी क्यामेरा जडान गर्ने बताउनुभएको हो ।

उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘सिसी क्यामेरा जडान गर्ने विषय नगरपालिकाले सोच्दै आएको विषय हो, अब हामी छिट्टै निर्णय गरेर तत्काल सिसी क्यामेरा जडानको काम अगाडि बढाउछौं ।’
नगरपालिकाभित्र अपराधिक क्रियाकलाप हुन नदिन सिसी क्यामेरा सहयोगी हुने भएकाले प्रहरीले निगरानी गर्ने गरी सिसी क्यामेरा जडानको काम अगाडि बढाउने खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
ZkgqsjHsnqha, 78RibMA, dn9Zp, 5WmVbMo, JjjRxqI4a1kmvf9x, fqbS0mmCLBSTmgpd, 64hansSvG400u4M, X2AI17WaOrUD73, XWmnTKSMhVNU