कार्यालय नै खाली गरेर विदामा नजान प्रजिअ शर्माको निर्देशन



१० साउन, रामेछाप ।
रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बाषिर्क कार्यक्रममा परेका आयोजनाहरुको काम यही साउन मसान्तभित्र नै अगाडि बढाउन जिल्लास्थित कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । बार्षिक कार्यक्रममा परेका आयोजनाहरुको तयारी पूरा गरी बार्षिक खरिद योजना विस्तृत डिजाइन र लागत अनुमान तयारी गरी साउन मसान्तभित्र बोलपत्र आह्वान गर्न निर्देशन दिनुभएको हो ।

उहाँले आयोजना र कार्यालय प्रमुखहरुले आफू मातहतका कर्मचारीहरुलाई कार्य विवरण, कार्यसम्पादन सूचक तयारी गरी आवश्यक अधिकार दिएर परिचालन गर्न पनि उहाँले निर्देशन दिनुभएको छ । प्रजिअ शर्माले रामेछाप न्युजसँग भन्नुभयो,‘ आर्थिक बर्ष समाप्त भएको सन्दर्भमा कार्यालयहरु नै खाली हुने गरी कर्मचारीहरु विदामा बस्ने परिपाटीको अत्त्य गरी आवश्यकताको आधार मात्र विदा जान र कार्यालयको काम नरोक्ने व्यवस्था गर्न भनेको छु ।’

लकडाउनको कारण विकास निर्माणको काम अपेक्षाकृत रुपमा अगाडि बढन सकेन, तर यस आर्थिक बर्षमा अधिकतम बजेट कार्यान्वयन गर्ने गरी काम अगाडि बढाउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिएको छु, उहाँले भन्नुभयो । विकास निर्माणमा हुने ढिलासुस्ती सह्य नहुने बताउदै प्रजिअ शर्माले काम गर्ने सन्दर्भमा आउने समस्याको समाधानको लागि समन्वय गरेर अगाडि बढाउन आफूले भूमिका खेल्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्