कांग्रेस रामेछापका नेतृ त्रिपाठी महिला विभागको केन्द्रीय सदस्यमा मनोनित



१० साउन, काठमाडौं ।
नेपाली कांग्रेस रामेछापका नेतृ शकुन्तला त्रिपाठी केन्द्रीय महिला विभागको केन्द्रीय सदस्यमा मनोनित हुनुभएको छ । नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय समेत रहनुभएका त्रिपाठीलाई पार्टीले महिला विभागको केन्द्रीय समस्यमा मनोनित गरेको हो ।

मनोनित त्रिपाठीले पार्टी सभापति शेरबहादुर देउवाबाट पद तथा गोपनियताको शपथ लिनुभएको छ । नेतृ त्रिपाठीले पार्टीले दिएको जिम्मेवारी इमान्दारीताको साथ निर्वाह गर्ने बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘पार्टीले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्नेछु ।’

प्रतिक्रिया दिनुहोस्