भदौ १ गतेबाट रामेछाप–काठमाडौं सार्वजनिक यातायात चल्ने



१२ साउन, रामेछाप ।
लकडाउनको कारण चार महिनादेखि रोकिएको रामेछाप–काठमाडौं अब नियमित रुपमा बस सञ्चालन हुने भएको छ । सरकारकाले लकडाउन हटाएसँगै जिल्ला प्रशासन कार्यालय रामेछापले भदौ १ गतेबाट सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको हो । निजी यातायात केही मात्रामा सञ्चालनमा आएपनि सार्वजनिक सवारी साधन भने सञ्चालन हुन सकेको छैन् ।

रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले यातायात मन्त्रालयले तोको मापदण्ड बमोजिम हुनेगरी छोटो मध्यम र लामो दुरीमा जिल्लाभित्र तथा अन्तर जिल्ला सञ्चालन हुने निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन हुने बताउनुभयो । उहाँले सुरक्षा सतर्कता अपनाएर मात्र यातायात सञ्चालन गर्न सवारी चालक र यातायात व्यवसायीहरुलाई आग्रह गरेको बताउनुभयो ।

सार्वजनिक यातायात सञ्चालन नहुँदा जिल्लावासी मर्कामा परेको गुनासो गर्दै आएका छन् । प्रजिअ शर्माले रामेछाप न्युजसँग भन्नुभयो,‘अहिलेको अपरिस्थिति हेरेर यातायात सञ्चालन गर्ने निर्णय गरेका छौ, परिस्थिति अनुसार पुनः सार्वजनिक यातायात नचल्न पनि सक्छन ।’
एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक यातायात सञ्चालन नहुँदा यात्रुहरुले बीचमा सवारी साधन परिवर्तन गर्नुपर्दा हैरानी खेप्दै आएका छन् । सार्वजनिक यातायात सिधै काठमाडौसम्म सञ्चालन नहुँद सवारी पासको दुरुपयोग गर्दै केही निजी सवारी साधनले रामेछापबाट काठमाडौंसम्मको लागि २५ सयसम्म भाडा लिने गरेको गुनासो जिल्ला प्रशासन कार्यालयमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्