प्रधानमन्त्रीमा ओलीकै निरन्तरता, प्रचण्ड कार्यकारी अध्यक्षः उपाध्यक्ष गौतम



१३ साउन, काठमाडौं ।
पार्टीभित्र एक महिनादेखि जारी आन्तरिक विवाद समाधानको लागि पार्टीका उपाध्यक्ष वामदेव गौतमले ६ बुँदे सहमतिको बुँदा अगाडि सार्नुभएको छ । उहाँले पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पटक–पटक भएको वार्ता सफल हुन नसकेपछि सहमतिको लागि ६ बुँदे सहमतिको खाका अगाडि सार्नुभएको छ । गौतमको प्रस्तावसँगै नेकपाभित्र सत्ता समिकरण फेरि फेरिवल भएको छ ।
यसअघि अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका उपाध्यक्ष बामदेव गौतम पछिल्लो समयमा प्रधानमन्त्री ओलीतिर लाग्नुभएको छ । यससँगै ९ सदस्यीय सचिवालयमा अब प्रचण्ड–नेपाल पक्षका ५ र ओली पक्षमा चार नेता भएका छन् । तर ओली पक्षले भने गृहमन्त्री रामबहादुर थापा पनि यता रहेको दाबी गरेका छन् । यसो भएमा नेकपा सचिवालयमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीको पक्षमा बहुमत पुग्नेछ ।
गौतमले पार्टी नेताहरुसामू ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको अवधीभर प्रधानन्त्रीको जिम्मेवारीमा राख्ने प्रस्ताव अघि सार्नुभएको छ ।
प्रचण्डलाई एकता महाधिवेशसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारी दिने र पार्टीको एकता महाधिवेशन सहमतिमा गर्ने गौतमको प्रस्तावमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्