कोरोना संक्रमितको संख्या १९ हजार नाघ्यो, काठमाडौमा एकैदिन ५३ जनामा संक्रमण पुष्टि



३ साउन, काठमाडौं ।
आज थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जनाएका छन् । यस्तै, आज १२१ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या १३ हजार ७५४ पुगेको छ ।

कोरोना संक्रमणका कारण हालसम्म ४८ जनाको मृत्यु भइसकेको छ । काठमाडौं उपत्यकामा एकैदिन ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ४८ जना संक्रमित भेटिएका छन् । यस्तै ललितपुरमा ४ र भक्तपुरका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरीमात्रै २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैबीच काठमाडौं उपत्यका प्रवेश गर्नेहरुको नाकामा नै स्वाब संकलन गर्न थालिएको छ । गौतमका अनुसार सबैभन्दा धेरै थानकोट नागढुंगा नाकामा २ हजार ९१४ नामको स्वाब संकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्