अब रामेछापमा मास्क नलगाई हिडनेलाई ठाउँको ठाउँ कारवाही हुने



१४ साउन, रामेछाप ।
सरकारले लगडाउन खुला गरेको घोषणा गरेसँगै रामेछाप जिल्लामा मास्क नलगाई हिडने क्रम बढेको छ । मास्क नलगाउदा कोरोना भाइरस सर्ने जोखिम बढी हुने भएकाले रामेछाप जिल्लामा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय रामेछापले आग्रह गरेको छ ।

लकडाउन खुलेपनि जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय  विभिन्न राजनीतिक दलका नेता एवं संघ संस्थाको सहभागीतामा मास्कको प्रयोग अनिवार्य रुपमा गर्न सदरमुकाम मन्थलीमा जनचेतनाको कार्यक्रम सम्पन्न गरिएको छ ।

गृह मन्त्रालयले नागरिकहरुले अनिवार्य रुपमा मास्कको प्रयोग नगरे कारवाही गर्ने नीति अनुसार रामेछाप जिल्लामा मास्कको प्रयोग अनिवार्य रुपमा गर्न जिल्ला प्रशासन कार्यालयले रामेछापवासीमा आग्रह गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले लकडाउन हटेपनि कोरोना भाइरसको जोखिम कायमै रहेकाले अनिवार्य रुपमा नागरिकहरुले मास्कको प्रयोग गर्नुपर्ने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले मास्क लगाउन आग्रह गरेको बताउदै यदी मास्क नलगाई हिडेको अवस्थामा पक्राउ गरेर कारवाही गरिने बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘यस्तो महामारीको बेला स्वयंम नागरिकहरु नै सचेत हुनुपर्ने हो, यदी मास्कको प्रयोग बिना नै हिडडुल गरेको अवस्थामा पक्राउ गरेर पहिलो पटक एक सय रुपैयाँ जरिवाना तिराउछौं ।’

प्रतिक्रिया दिनुहोस्