खाँडादेवी गाउँपालिकाको घ्यानसिङ डाँडामा निर्माण हुँदै शान्ति पार्क (भिडियो)



१५ साउन, रामेछाप ।
खाँडादेवी गाउँपालिकाले घ्यानसिङ डाँडामा नमूना शान्ति पार्क स्थापनाको काम अन्तिम चरणमा पुर्याएको छ । धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उदेश्य सहित गाउँपालिकाले घ्यानसिङ डाँडामा बुद्ध र शिवको मुर्ति स्थापनाको काम अन्तिम चरणमा पुर्याएको हो । गाउँपालिकाको कार्यालयदेखि घ्यानसिङ जान गाउँपालिकाको लगानीमा २ सय ८४ वटा सिडी निर्माणको काम सम्पन्न भइसकेको छ । गाउँपालिकाले १३ फिट बुद्ध ११ फिट शिवको मुर्ति स्थापना गर्ने काम यसै महिना सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले गाउँपालिकाको कार्यालयसँग जोडिएको घ्यानसिङ डाँडालाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उदेश्यको साथ पार्कसहितको मुर्ति स्थापना गरिएको बताउनुभयो । समुद्री सतहबाट करिब १६ मिटर उचाईमा रहेको घ्यानसिङ डाँडाबाट महाभारत क्षेत्र सहजै रुपमा अवलोकन गर्न सकिन्छ । अध्यक्ष तामाङले रामेछाप न्युजसँग भन्नुभयो,‘घ्यानसिङ डाँडालाई धार्मिक आस्थाको केन्द्रको रुपमा विकास गछौं ।’

गाउँपालिकाको कार्यालयदेखि डाँडासम्म जानको लागि सिडी निर्माणमा गत बर्ष १५ लाख रुपैयाँ खर्च भइसकेको छ भने बुद्ध र शिवको मुर्ति स्थापना गर्नको लागि १५ लाख रुपैयाँ विनियोजन गरेको छ । ‘शान्ति पार्कको रुपमा विकास गर्न यस बर्ष हामीले थप २० लाख रुपैयाँ छुटयाएका छौ’, उहाँले भन्नुभयो,‘डाँडामा पाटी सहितको भौतिक पूर्वाधार निर्माण गर्ने योजनाको साथ काम अगाडि बढाउछौं ।’

प्रतिक्रिया दिनुहोस्