कोरोनाको जोखिम रहेकाले जात्रा पर्व नमनाउन सुनापती गाउँपालिकाको आग्रह



१६ साउन, रामेछाप ।
कोरोना भाइरसको जोखिम कायम रहेकाले गाउँपालिकाभित्र हुने जात्रा पर्व नगर्न सुनापती गाउँपालिकाले नागरिकहरुलाई आग्रह गरेको छ । मेला जात्रा र पर्वमा मानिसहरुको भिडभाड हुने भएकाले संक्रमण सर्ने जोखिमको खतरा रहने हुनाले गाउँपालिकाले सो आग्रह गरेको हो ।

सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामा र प्रमुख कार्यकारी अधिकृत राममणि काफ्लेद्धारा संयुक्त रुपमा जारी गरिएको सूचनामा भनिएको छ,‘गाउँपालिकाको प्रसिद्ध सुनापति डाँडा क्षेत्र लगायत अन्य धार्मिक तथा सांस्कृतिक क्षेत्रमा जनै पूर्णिमाको अवसरमा बर्षेनी लाग्ने जात्रा मेला यस बर्ष कोरोना भाइरसको कारण उत्पन्न असामान्य परिस्थितिमा नगर्न सम्पूर्ण नागरिकहरुमा अनुरोध गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस्