कोरोनाबाट नेपालमा थप ४ जनाको मृत्यु, संक्रमितको संख्या १९ हजार ७७१ पुग्यो



१६ साउन, काठमाडौं ।

नेपालमा एकै दिन कोरोना भाइरस सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ । यससँगै अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ जना पुगेको छ ।

साथै शुक्रवार विभिन्न जिल्लामा थप २२४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । आज थपिएका संक्रमितसँगै हालसम्म नेपालमा संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ।

सङ्क्रमितको सङ्ख्यासँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको छ। विगत २४ घण्टामा १५१ जना निको भएसँगै अहिलेसम्म १४,३९९ जना रोगमुक्त भएका छन्।शुक्रवार मन्त्रालयले मृत्यु पुष्टि गरेका तीन जना पर्सा जिल्ला निवासी पुरुष र एक जना पर्सा घर भई ललितपुरमा बसोवास गरिरहेकी महिला रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्