गाउँपालिकाले गरेको काम पारर्दर्शी छ, अफवाह फैलाउनुको अर्थ छैनः खाँडादेवी गाउँपालिका



१७ साउन, रामेछाप ।
खाँडादेवी गाउँपालिकाले गाउँपालिकाभित्र भएको काम पारदर्शी र विधिसम्वत रहेको बताएको छ । गाउँपालिकाको दिर्घकालिन योजना निर्माण गरेर तीब्र गतिमा विकास निर्माणको कामलाई गति दिएको बताउदै गाउँपालिकाभित्र हुने सबै काम पारदर्शी रहेको बताएको हो ।
गाउँपालिकाभित्र भएको कामको बारेमा गाउँपालिकाभित्रका केही व्यक्तिहरुले कपोकल्पित र भ्रम सृजना गर्ने गरी गलत प्रचार गर्न खोजेकोप्रति गाउँपालिकाले ध्यानकर्षण भएको बताएको छ ।

विहिवार राजधानीमा पत्रकार सम्मेलनका आयोजना गरी केही व्यक्तिहरुले गाउँपालिकामाथि लगाएको आरोपमा कुनै पनि सत्यतता नभएको भन्दै उक्त कार्यको गाउँपालिकाले खेदप्रकट गरेको छ । गाउँपालिकाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, पत्रकार सम्मेलनमा सहभागी भएका व्यक्तिहरु र उनीहरुले व्यक्त गरेका अभिव्यक्तिहरु मनोगत, प्रतिशोधपूर्ण कसैको उक्साहट र लहडमा व्यक्त गरिएको देखिन्छ ।
२०७६/०३/०४ को प.सं. ०७५/०७६ च.न. १२४३ गृहमन्त्रालयबाट गाउँपालिका र नगरपालिकाको केन्द्रमा प्रहरी चौकी व्यवस्थापन सम्वन्धमा प्राप्त पत्रले मुलुकभरका ७५३ वटै स्थानीय तहका केन्द्रहरुमा प्रहरी चौकी स्थापना गर्ने निर्णय भएको थियो ।

गाउँपालिकाको केन्द्रमा बैंक तथा वितीय सस्था र सार्वजनिक सम्पतिको सुरक्षा चुनौती थपिएको सन्दर्भमा पालिका आसपासका क्षेत्रमा प्रहरी चौकी सार्ने र निर्माण गर्ने संवैधानिक व्यवस्था रहेको छ । तर केही व्यक्तिहरुले गाउँपालिकासँग समन्वय नै नगरी आफुखुसीले ईलाका प्रहरी कार्यालय चोप्राङ्गको नाममा जग्गा दान गरेको गाउँपालिकाल बताएको छ । प्रहरी कार्यालय बनाउन केही व्यक्तिले दिएको जग्गा गाउँपालिकाको केन्द्रबाट छ किलोमिटर टाढा रहेको बताउदै शान्ति सुरक्षका हिसाबले अपायक र सुरक्षित नरहेको बताउदै खाँडादेवी गाउँ कार्यापालिकाको बैठकले गाउँपालिकाका आसपासमा प्रहरी कार्यालय स्थापनाको व्यवस्था गरिदिन भन्दै गृहमन्त्रालयलाई पत्रचार गरेको थियो । गाउँपालिकाको माग अनुसार गृहमन्त्रालयले गाउँपालिकाको आसपासमै प्रहरी कार्यालय स्थापना गर्न स्वीकृत दिएको थियो ।

बागमती प्रदेशबाट प्रहरी भवनको लागि टेण्डर भईसकेको उक्त भवन निर्माण  भएपनि  टाढा पर्ने भएकाले सो स्थान परिवर्तन गरी गाउँपालिकाको आसपासमा उपयुक्त स्थानमा रहेको जग्गामा प्रहरी कार्यालय स्तान्तरण गर्ने व्यवस्था गर्न हुन भन्ने आन्तरिक मामिला तथा कानून मन्त्रालयको पत्र प्राप्त भएको आधारमा उक्त भवन निर्माण कार्य रोकिएको जानकारी गाउँपालिकाले गराएको छ ।
गाउँपालिका भवन प्रयोजनको लागि हाल गाउँपालिकाको कार्यालय रहेको भवन मुनि १३ रोपनी जग्गा प्राप्त भईसकेको

जानकारी गाउँपालिकाले गराएको छ । विज्ञप्तीमा भनिएको छ,गाउँपालिकाले आफ्नो स्थापना कालदेखि हालसम्म सम्पादन गरेका सम्पूर्ण गतिविधिहरु जनमुखी एवंम पारदर्शी ढंगबाट संचालन गरेको छ, गाउँपालिकाले गरेको कामकै आधारमा उत्कृष्ट र नमुना गाउँपालिका घोषित भएको जानकारी गराउछौँ ।
पत्रकार सम्मेलन मार्फत गाउँपालिकामाथि लगाइएको आरोपमा कुनै सत्यता नभएको बताउदै गाउँपालिकाले यस्ता निन्दनीय र कपोकल्पित भ्रमहरुमा नपरी खाँडादेवी गाउपालिकाले लिएको सुन्दर, सभ्य र समृद्ध खाँडादेवी निर्माणको अभियानमा साथ र सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछौँ ।

 

प्रतिक्रिया दिनुहोस्