रामेछापमा थप २ जनामा कोरोना संक्रमण पुष्टि जिल्लामा संक्रमितको संख्या २७ पुग्यो



१७ साउन, रामेछाप ।
वैदेशिक रोजगारीबाट जिल्ला फर्कनेक्रम बढेसँगै रामेछाप जिल्लामा पनि कोरोना संक्रमितको संख्या थप बढेको छ । जिल्लामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले पुष्टि गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जिल्लाको सुनापती गाउँपालिका–३ हिलेदेवीका ३३ वर्षिय महिला र मन्थली नगरपालिका–४ का ३४ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको रामेछाप न्युजलाई जानकारी दिनुभयो ।उहाँका अनुसार संक्रमित भएका महिलालाई सुनापती गाउँपालिकाले तयार गरेको आइसोलेशनमा राखिएको छ भने मन्थलीका संक्रमितलाई मन्थली प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशनमा राखेर उपचार सुरु भएको छ ।

संक्रमित सुनापतीका महिला दुबई र मन्थलीका पुरुष केही दिन मात्र भारतबाट जिल्ला फर्किएका थिए । रामेछाप जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या २७ जना पुगेको छ । त्यसैगरी २३ जना स्वास्थ्य भएर घर फर्किएका छन । संक्रमित चार जनाको रामेछापमै उपचार भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका अनुसार ६४ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्