थप ३१५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २० हजार नाघ्यो



१७ साउन, काठमाडौं ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ३१५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा उपत्यकाका ६ सहित देशभर गरिएको परीक्षणको क्रममा ३१५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । देशभर कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा ९३ जना निको भएका छन् भने कुल निको हुनेको संख्या १४ हजार ४९२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्