फेरि लकडाउन गर्ने सरकारको तयारी



१७ साउन, काठमाडौं ।
लकडाउन खुला गरेसँगै नेपालमा कोरोना संक्रमण पुनःबढ्दै गएपछि सरकारले आवतजावतमा कडाइ र आवश्यक परेमा लकडाउन सम्मको तयारी गरेको छ।कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी ) निर्देशक समितिले काठमाडौं आउने सवारी साधनहरूको कडाइ गर्न निर्देशन दिइसकेको छ।

पछिल्लो समय कोरोना संक्रमितको बिरामी बढ्दै गएको र परिस्थिति काबुबाहिर गए लकडाउन गर्न सकिने स्वास्थ्य मन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार ुहालसम्म लकडाउनको तयारी छैन तर परिस्थिति भड्कियो भने जुनसुकै बेला लकडाउन घोषणा हुन सक्छ । वीरगञ्ज लगायतका ठाउँहरूको घटनाले संवेदनशील बनाइरहेको बताउदै समितिले निष्कर्ष निकालेको छ ।
त्यसैगरी उद्योग वाणिज्य तथा आपर्ति मन्त्री लेखराज भट्टले परिस्थिति अनुसार ठाउँ विशेषमा सिल गर्न सकिने गरी गृहकार्य अगाडि बढाएको बताउनुभयो ।
सिसिएमसीले अहिले नै लकडाउन गर्ने बेला नभएको भन्दै मानिसको आवतजावतमा भने कडाइ गर्ने निष्कर्ष निकालेको छ।
बाहिरबाट आउन कडाइ गर्ने र काठमाडौंमा परीक्षणलाई बढाउने हो भने पूर्ण रूपमा बन्द गर्न जरूरी नरहेको समेत सिसिएमसीको ठहर छ।गृह मन्त्रालयका सह प्रवक्ता उमाकान्त अधिकारीले काठमाडौंमा आउनेहरूलाई कडाइ गर्न र एक जिल्लाबाट अर्को जिल्लामा जरूरी परेमा मात्रै जान दिन जिल्ला प्रशासन कार्यालयहरूलाई पत्र पठाइसकिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्