थप २४६ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि कहाँ कति थपिए ?



१८ साउन, काठमाडौं ।
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३१ सहित देशभर थप २४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । जसमा काठमाडौंका २२, ललिपुरका ८ र भक्तपुरका १ रहेका छन् ।
योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २० हजार ३३२ पुगेको छ भने निको हुनेको संख्या १४ हजार ६०३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सामा ८१ जनामा संक्रमण पुष्टि भएको छ । धनुषाका ३५, काठमाडौंका २२, मोरङका १६, सुनसरीका १२, डोटीका ११, कैलाली र बर्दियाका १०/१०, ललितपुर र स्याङ्जाका ८/८ जना तथा महोत्तरी र कास्कीका ५/५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नवलपुर र लम्जुङका ३/३ जना, सर्लाही, रौतहट र तनहुँका २/२ जना तथा भक्तपुर, चितवन, सिन्धुली, गोरखा, बाग्लुङ, डोटी र दार्चुलाका एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्