चीनको च्छाे ताल फुट्ने जोखिम कायमै रामेछापवासीलाई सतर्क रहन जिप्रकाकाे आग्रह



१८ साउन, काठमाडौं ।
छिमेकी मुलुक चीनस्थित न्याल क्षेत्रमा केरुङ च्छो ताल फुट्ने जोखिम कायमै रहेकाले जिल्ला प्रशासन कार्यालय रामेछापले सुनकोसी र तामाकोसी आसपासका क्षेत्रका बासिन्दालाई उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । । ताल फुटने जोखिम कायमै रहेकाले त्यसप्रति सचेत रहन भन्दै सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयलाई जानकारी आएकोे छ । ताल फुटेमा भोटेकोशी तटीय क्षेत्रमा क्षति पु¥याउन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।

तिब्बत क्षेत्रमा निरन्तरको वर्षाका कारणले ताल फुट्ने सम्भावना बढेर गएको हो । शनिबार राति पनि भोटेकोशी नदीको बहाव बढेकोे सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।
रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले च्छो ताल फुटने जोखिम कायमै रहेकाले सुनकोसी नदी किनाराका बसोबास गर्ने नागरिकहरुलाई सचेत र सतर्क रहन आग्रह गर्नुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘ताल फुटने जोखिम कायमै रहेको जानकारी प्राप्त भएको छ, हामीले सम्बन्धित स्थानीय तहलाई पनि सतर्क रहन आग्रह गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्