रामेछापबाट जारी हुने सवारी पासमा थप कडाई गरेका छाैः प्रजिअ शर्मा



१९ साउन, रामेछाप ।
राजधानी काठमाडौ प्रवेशको लागि जिल्ला प्रशासन कार्यालय रामेछापबाट जारी हुने सवारी पासमा थप कडाई गरिएको छ । गृह मन्त्रालयले साँझ ७ बजेपछि उपत्यका बाहिरबाट आउने अत्यावश्यक सवारी साधनलाई मात्र प्रवेश दिने निर्णय गरेसँगै जिल्लाबाट जारी हुने सवारी पासमा पनि कडाई गरिएको हाे ।

जिल्लाभित्र निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिए पनि सरकारले एक जिल्लाबाट अर्को जिल्ला अत्यावश्यक बाहेकका सवारी साधनलाई प्रवेश गर्न दिएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले अत्यावश्यक सवारी साधनलाई मात्र काठमाडौ प्रवेश गर्ने पास दिने गरेको बताउनुभयो ।

उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘जिल्लाभित्र निर्वाध रुपमा यातायात सञ्चालन भइरहेका छन, गृहमन्त्रालयको निर्देशन अनुसार उपत्यका प्रवेश गर्ने सवारी पासमा कडाई गरेका छौं ।’ उहाँले अत्यावश्यक सवारी पासको लागि मात्र आउन जिल्लावासीलाई आग्रह गर्नुभएको छ । वास्तविक पीडित समस्यामा पर्न नदिनको लागि आफूहरु सचेत रहेका छौ, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्