कोरोनाको उच्च जोखिममा काठमाडौ, थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि



१९ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । उनीहरुमध्ये ५७ जनाको मृत्यु भएको छ भने १४ हजार ९१६ जना निको भएका छन् ।
काठमाडौं उपत्यकामा ५१ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ४३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ३ र भक्तपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कहाँ कति थपिए संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सामा ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीका ६७ जना, सप्तरीका ५१, मोरङका ४६, काठमाडौंका ४३, महोत्तरीका ३१, धनुषाका ३०, कञ्चनपुरका १६ तथा बाँके र कास्कीका ८र८ जनामा संक्रमण पुष्टि भएको छ ।

भक्तपुर, झापा र सुनसरीमा ५र५ जना, बारा र अछाममा ४र४ जना, ललितपुरमा ३, सर्लाही, रौतहट, सुर्खेत, दैलेख र रुकुम पश्चिममा २र२ जना तथा रसुवा, चितवन, गुल्मी, दोलखा, स्याङ्जा, रुपन्देही, बर्दिया र दाङमा १र१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्