मन्त्री ढुंगेलको पहलमा नेपालकै पहिलो नेसनल तेक्वान्दो एकेडेमी रामेछापको गाल्वामा बन्दै



१९ साउन, रामेछाप ।
खेलकुद क्षेत्रको विकास गर्ने मुख्य उदेश्य सहित रामेछापको तीन गाउँपालिकाको संगमस्थल गाल्वामा सुविधा सम्पन्न कर्भड हल निर्माणको काम अगाडि बढेको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलको पहलमा सुनापती, दोरम्बा र खाँडादेवी गाउँपालिकाको संगमस्थल गाल्वामा कर्भड हल निर्माणको काम अगाडि बढेको हो ।

बागमती प्रदेश सरकारबाट विनियोजित १ करोड १० लाख रुपैयाँमा कर्भड हल निर्माणको काम सुरु भएको छ । ठेक्का सम्झौता भएसँगै साउन २४ गते अर्थमन्त्री ढुंगेलले कर्भड हलको शिलान्यास गर्नुहुने भएको छ ।
खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले गाउँपालिकाले पूर्वाधार निर्माणसँगै खेलकुद क्षेत्रको विकासलाई पनि प्राथमिकता दिएको बताउनुभयो । ‘खेलकुदको विकासको लागि गाउँपालिकाको पर्याप्त ध्यान गएको छ, खेलकुदको विकासको लागि पूर्वाधारलाई पनि ध्यान दिएका छौं ।’
रामेछाप आईटिएफ तोक्वान्दो जिल्ला संघका अध्यक्ष रुपसिंह मोक्तानले गाल्वामा निर्माण सुरु भएको कर्भड हल नेपालमा पहिलो तेक्वान्दो आईटिएफ एकेडेमी भएको बताउनुभयो । रामेछाप जिल्लासँगै देशभरकै तेक्वान्दो खेलको विकासको लागि एकेडेमी निर्माण हुनु खुसीको विषय भएको बताउनुभयो ।

दुई रोपनी क्षेत्रफलमा निर्माण सुरु भएको कर्भड हल निर्माण भएपछि खेलाडीहरुको लागि निकै सुविधा हुन्छ, मोक्तानले भन्नुभयो । लामो मेहनतपछि गाल्वामा कर्भड हल निर्माणमा सहयोग गर्ने खाँडादेवी गाउँपालिका, बागममी प्रदेशकाका अर्थमन्त्री ढुगेलबाट खेलकुदको विकासको लागि थप अपेक्षा गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्