रामेछापमा कांग्रेसले थप २८ सय क्रियाशिल सदस्य थप्दै



२० साउन, काठमाडौं ।
नेपाली कांग्रेस रामेछापले २८ सय क्रियासिल सदस्यता थप्ने भएको छ । आगामी फागुनमा हुने महाधिवेशनको मिति तय भएसँगै कांग्रेस जिल्ला कार्य समिति रामेछापले क्रियाशिल सदस्यता थप्ने भएको हो ।

नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपानेले पार्टीको निर्देशन अनुसार क्रियाशिल सदस्यता नविकरण र नयाँ वितरणको काम अगाडि बढाइने बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘रामेछाप जिल्लामा कांग्रेसका ५८ सय सदस्य क्रियाशिल सदस्य छन, अब २८ सय नयाँ क्रियाशिल सदस्य थप गछौं ।’

रामेछाप कांग्रेसले क्रियाशिल सदस्यता वितरण लगायतको विषयमा छलफल गर्न साउन २९ गते जिल्ला कार्यसमितिको बैठक बोलाएको छ । नेपाली कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले जिल्ला कार्यसमितिको बैठकको निर्णय अनुसार तत्काल क्रियाशिल सदस्यता वितरणको काम अगाडि बढाइने बताउनुभयो ।

रामेछापमा एउटा संघीय निर्वाचन क्षेत्र, दुई वटा प्रदेश निर्वाचन क्षेत्र, दुई वटा नगरपालिका, छ वटा गाउँपालिका र ६४ वटा वडा रहेका छ । ८६ सय क्रियाशिल सदस्यहरुबाट जिल्लाको पदाधिकारी छनोट गर्न एक हजार प्रतिनिधिहरु निर्वाचित भएर आउने सचिव कार्कीले रामेछाप न्युजलाई बताउनुभयो ।

केन्द्रमा देखिएको गुटको राजनीति रामेछाप जिल्लामा कायमै रहेको छ । सभापति शेरबहादुर देउवा समुह र वरिष्ठ नेता रामचन्द्र पौडेल समुह  सक्रिय छ । अन्य जिल्लामा जस्तो पुरानो क्रियाशिल सदस्यताको विवाद रामेछापमा छैन् ।

प्रतिक्रिया दिनुहोस्