लकडाउनसँगै कर्फ्यूसमेत लगाउन प्रधानमन्त्रीलाई विज्ञको सुझाव



२० साउन, काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या बढदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल गर्नुभएको छ । जनस्वास्थ्य क्षेत्रका विज्ञहरूले कोरोना भाइरसको प्रकोप बढ्दै गएकाले लकडाउन गर्न प्रधानमन्त्री ओलीले सुझाव दिएका छन्।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको जनस्वास्थ्य क्षेत्रका विज्ञहरूको छलफलमा विज्ञहरूले लकडाउन गर्नुपर्ने धारणा राखेका थिए । लकडाउन नगरेमा थप भयावह हुन सक्ने बताउदै विज्ञहरुले आवश्यक परे कर्फ्यूसमेत लगाउन सुझाव दिएको बैठकमा सहभागी एक विज्ञले जानकारी दिए ।
वीरगञ्ज काठमाडौं लगायतका ठाउँहरूमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको सन्दर्भमा प्रधानमन्त्री ओलीले विज्ञहरूसँग छलफल गर्नुभएको हो । छलफलमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा,जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा रहेका मन्त्रीहरू र जनस्वास्थ्य क्षेत्रका विज्ञहरू सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्